नेकपा सचिवालय बैठक आज बस्दै


काठमाडौं – विभागीय जिम्मेवारी टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

शीर्ष नेताहरुबीच नै सहमति जुट्न नसकेपछि नेकपाको बैठक लगातार स्थगित हुँदै आएको छ । १३ साउनमा दुई साताका लागि स्थगित बैठक बुधबार पनि बोलाइएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयकै नेताहरुसँग अनौपचारिक सम्वादमार्फत् सहमतिको प्रयास गरिरहेका छन् ।

नेकपामा स्कूल विभाग कसले लिने भन्ने विवाद हल हुन नसक्दा नेकपा सचिवालय बैठक निष्कर्ष्विहीन हुँदै आएको छ । स्कूल विभागमा विशेषगरी नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरलले दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement