नेकपा स्थायी कमिटी बैठक सुरु, सुरक्षा व्यवस्था कडा पारियो

नेकपा स्थायी कमिटी बैठक सुरु, सुरक्षा व्यवस्था कडा पारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना केन्द्रीय कार्यालय धूम्रबाराहीमा बैठक शुरु भएको हो ।

प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएकै कारण पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने भनिएको स्थायी कमिटि बैठक  केही समय ढिला गरि सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा बस्न लागिएको बैठकमा नेकपाका सबै नेताहरु उपस्थित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए ।

यसैबीच नेकपाको स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी मुख्यालय धुम्बाराहीको सुरक्षा दिन महानगरिय प्रहरी परिसर काठमाण्डुका एसएसपी अशोक सिंह आफैं मैदानमा उत्रिएका छन् भने नेपाली सेनाको बम डिटेक्टर टोली पनि सुरक्षामा खटिएको छ ।

बैठक स्थलको सुरक्षार्थ पार्टी कार्यालय आसपास सयौं सुरक्षाकर्मी खटिएका छन् भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।