बालुवाटारमा नेकपा सचिवालयको बैठक जारी

बालुवाटारमा नेकपा सचिवालयको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पार्टी नेता तथा मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सचिवालयको बैठक बसेको हो।

नेता अधिकारीको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो।उनको शव अहिले काठमाडौँ ल्याउने तयारी भएको छ। बैठकमा उनको अन्त्यष्टि कसरी गर्ने भन्ने विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए।

सरकाले मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलिका लागि टुडिखेलमा राख्ने परिवारको ईच्छाअनुसार राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।