काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ११ बजे बस्ने भएको छ ।
पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बस्नै बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।
पार्टी एकतापछि प्रधानमन्त्री ओली पहिलोपटक पेरिसडाँडा पुग्दैछन् । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल हुने बताइएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्ति, संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने सचिवालय सदस्यहरुसँगको छलफलका आधारमा गर्ने सहमति गरेका थिए ।




प्रतिक्रिया