राष्ट्रपति भेट्न शीतल निवास पुगे अध्यक्ष प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवास पुगे अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने सचिवालय बैठक केहीदिन स्थगित गर्न अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका छन् । महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री अ‍ोलीले भोलीको बैठक स्थगित गर्न आग्रह गरेका हुन् ।

केही दिन अगाडि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले नेकपाभित्रको विवाद समाधान गर्न आग्रह गरेकी थिइन् । पछिल्ले समय नेकपाभित्रको विवाद समाधानका लागि राष्ट्रपतिले सक्रिय भूमिका खेल्दै आएकी छिन् ।