नेकपाको सचिवालय वैठकः कार्यविभाजन र सरकार पुर्नगठनबारे छलफल हुने 


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन,जिल्ला इन्चार्जहरुको छनौट र पछिल्लो परिस्थितीको वारेमा छलफल हुने बताईएको छ । नेकपामा पार्टीको वैठक वस्न नसकेको भन्दै नेताहरुको चर्को आलोचना भइरहेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । 

यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्य्विभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र तयारी समेत नपुगेको भन्दै वैठक स्थगित गरिएको थियो । 

अध्यक्षद्धय ओली  र प्रचण्डबीच सचिवालय वैठकअघि पटक पटक छलफल भइसकेको छ । स्रोतकाअनुसार शनिवारको वैठकमा सरकार पुर्नगठनबारे समेत छलफल हुने बताइएको छ । पछिल्लो समय सरकारको भुमिकामाथी पार्टीभित्रै नेताहरुले प्रश्न उठाएपछि सरकार पुर्नगठन गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको थियो । 

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक-पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement