नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

नेकपा भित्रको पछिल्लो विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् । प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने अडान लिँदै आइरहेका छन् ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।