नेकपा केन्द्रीय कमिटी बैठकको मिति सर्‍यो

नेकपा केन्द्रीय कमिटी बैठकको मिति सर्‍यो


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सार्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ गतेका लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आउँदै गरेको राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । आइतबारको बैठकमा सभामुख चयनबारे भने कुनै छलफल नभएको जनाइएको छ ।