नेकपा ओली–प्रचण्डको कि ऋषि कट्टेलकाे ? आज फैसला गर्दै सर्वोच्च

नेकपा ओली–प्रचण्डको कि ऋषि कट्टेलकाे ? आज फैसला गर्दै सर्वोच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामको विवादबारेको फैसला आज गर्न लागेको हो ।यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले फैसला स्थगित गरिएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुगेका हुन् ।