नेकपाले अबको २० वर्ष राज गर्छ : देवेन्द्र पौडेल

नेकपाले अबको २० वर्ष राज गर्छ : देवेन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएको नेकपाले एकीकरणको एक वर्षपछि पार्टीका अधिकांश काम टुंग्याएको छ ।

पार्टीका ३२ विभागमध्येको शक्तिशाली मानिएको स्कुल विभाग पार्टीको विचार र सिद्धान्तलाई तल्लोतहका कार्यकर्तासम्म पु¥याउने महत्वपूर्ण जिम्मेवारी छ । विपरीत विचारलाई मिलन गराई नेता कार्यकर्तामाझ नयाँ पार्टीको विचार, सिद्धान्त र नेतृत्वलाई स्थापित गर्नुपर्ने ऐतिहासिक महत्वपूर्ण जिम्मेवारी स्कुल विभागलाई जान्छ ।

तत्कालीन एमालेको स्कुल विभागका प्रमुख शङ्कर पोखरेलले पहिलाको विभागको तुलनामा अहिलेको स्कुल विभागलाई एक खालको चुनौतिपूर्ण दायित्व थपिएको बताए । स्कुल विभागको जिम्मेवारी नयाँ पार्टी गठन भएर गठन भएको स्कुल विभागका प्रमुख ईश्वर पोखरेललाई जिम्मेवारी हस्तान्तरण गर्दै उनले भने, ‘पहिलाको तुलनामा चुनौतिपूर्ण दायित्व थपिएको छ, स्कुल विभागको बाहिर चर्चा परिचर्चा भएजस्तै यसको महत्व र गरिमालाई कुशल व्यवस्थापन गर्नुपर्ने बाध्यता र चुनौती दुवै छ ।’

प्रदेश नं–५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आधारभूत ज्ञानको आधारमा पार्टीको सिद्धान्त र विचारलाईसँगै लैजान नसकिए पार्टी पङ्तिलाई सम्बोधन गर्न कठिन हुने भन्दै विभागलाई प्रभावकारी ढङ्गले नयाँ उपचाइमा पु¥याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे ।

वामपन्थी आन्दोलनमा पठनसंस्कृति राम्रो रहेपनि पछिल्लो समय पठन संस्कृति सामाजिक सञ्जालमा केन्द्रित भएको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले पार्टी पङ्तिमा नियमित स्कुल आवश्यक भएको र वामपन्थी आन्दोलनलाई पार्टी कार्यकर्तामात्र हैन समाज र जनताले अध्ययन गर्नपाउने वातावरण सिर्जना गर्न जरुरी भएको उल्लेख गरे ।

विभागको जिम्मेवारी ग्रहण गर्दै विभाग प्रमुख ईश्वर पोखरेलले पार्टीका संस्थापक निर्णय, विचार र सिद्धान्तलाई तल्लोतहका पार्टी पङ्ति र कार्यकर्तामाझ पु¥याउने दायित्वलाई कुशलतापूर्व व्यवस्थापन गरिने बताए ।

पार्टी एकीकरणको एक वर्षपछि महत्वपूर्ण जिम्मेवारी लगभव पूरा भएको र त्यसैको शृङ्खला स्कुल विभाग भएको उल्लेख गर्दै उहाँले एकीकृत पार्टी नेकपाको आधिकारिक धारणा, निर्णय संस्थागत विचारलाई तल्लोतहमा लैजान कस्तो ‘स्कुलिङ’ विकास गर्नेभन्नेबारे छिट्टै निर्णय लिइने स्पष्ट पारे ।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उनले पार्टीको विचार र सिद्धान्तलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले अघि बढाउदैँ सङ्गठनलाई सुदृढ बनाएर नेतृत्व विकास गर्न स्कुल विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

‘कम्युनिष्ट पार्टीको आधारभूत सिद्धान्त र मान्यतामा उभिएर विचार र सिद्धान्त व्यवस्थापन हुन्छ, पार्टीले जुन उचाई प्राप्त गरेको छ, चुनौती पनि त्यत्तिकै छ त्यसको सामाथ्र्य्िभत्र विचार निर्माण गर्दौ सोही बमोजिम नेतृत्व निर्माण नयाँ ढङ्गले अघि बढाउछौँ’, उनले भने । बढीमा ३५ जना रहने स्कुल विभागलाई छिट्टै पूर्णता दिएर काम प्रभावकारी रुपमा अघि बढाइने उनको भनाई छ ।

नेकपाको गत साउन ३१ गते भएको बैठकले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेल र उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुषाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । नेकपाको सचिवालय बैठकको गरेको निर्णयको औपचारिक कार्यान्वयन गर्ने स्कुल विभाग पहिलो भएको बताउँदै प्रमुख पोखरेलले बाँकी काम चाडैँ टुङ्ग्याउने विश्वास व्यक्त गरे ।

लामो रस्साकस्सीकाबीच नेकपाले स्कुल विभाग प्रमुखमा पोखरेललाई जिम्मेवारी दिएको थियो । स्कुल विभागकै दाबेदार नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग जिम्मेवारी दिइएको छ । पार्टीको मुख्य सैद्धान्तिक प्रशिक्षण गर्ने निकायको जिम्मेवारी स्कुल विभागको काम निकै चुनौतीपूर्ण पनि हो ।

नेकपाले अबको २० वर्ष शासन गर्छ

स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले पार्टीले दिएको जिम्मेवारीलाई ऐतिहासिक आवश्यकताका रुपमा कार्यान्वयन गरिने उल्लेख गरे ।

जनताले विश्वास गरेर नेकपालाई दिएको झण्डै तुईतिहाईको जिम्मेवारीलाई मुलुकमा प्राप्त उपलब्धिको संस्थागत गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

नेता पौडेलले इतिहासको आवश्यकताको जगमा दुई पार्टी एकीकरण भई बनेको नेकपाको सरकारले अबको २० वर्ष शासन गर्ने ठोकुवा गरे ।

तत्कालीन एमालेको आठौँ महाधिवेशनबाट स्कुल विभागको प्रमुख भइसकेका भुषालले ढिलोगरी भए पनि पार्टीले राम्रो निर्णय लिएको र जिम्मेवारीलाई सफलतापूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता जनाए ।

यसैबीच स्कुल विभागका प्रमुख पोखरेलले आजै ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आफ्नो पदभार ग्रहण गरे । -रासस