नेकपा नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो सुझाव

नेकपा नेताहरुलाई चिनियाँ राष्ट्रपति सीले दिए यस्तो सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्तामा सीले नेपाललाई नजिकबाट नियालिरहेको र नेपालको बिकासमा सहयोग गर्न चीन आतुर रहेको बताए ।

जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने बताउँदै राष्ट्रपति सीले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरि नेकपा नेताहरुलाई राष्ट्रपति सीले आत्मअनुशासन बलियो बनाउन सुझाव दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिए । उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्ने धारणा राखेका थिए ।

छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए । चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै प्रचण्डले पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताए ।