सुवास नेम्वाङसहित ११ जना सांसद र नेता अमेरिका जाने तयारीमा


काठमाडौं – नेकपा र नेपाली कांग्रेसका नेताहरु अमेरिका भ्रमणमा जाने भएका छन् । संसदमा प्रभावकारी भुमिका खेल्ने सांसदहरुसहितको टोली आगामी सेप्टेम्बरमा अमेरिका जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेशनल डेमोक्रयाटीक इन्सिच्युटले सत्तारुढ दलका सांसदहरु सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, निरु पाल, अंजना विसंखेसहित नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल र नेता विमलेन्द्र निधीलगायत ११ जनालाई अमेरिका भ्रमणमा लैजाने तयारी गरेको स्रोतको दाबी छ ।

सेप्टेम्बर ९ देखी १३ सम्म ३ दिने चल्ने कार्यक्रमको व्यवस्थापन भने अमेरिकी विकास नियोय युएस एडले गरेको छ । नेपालको संसदमा इण्डो प्यासेफिकबारे सांसदहरुले प्रश्न उठाइरहेका बेलासत्तारुढ दलका सांसद र नेताहरुसहितको सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकाले एमसिसीमार्फत ५ सय मिलियन अमेरिकी डलर नेपालको पुर्वाधार र उर्जाक्षेत्रमा लगानी गर्ने तयारी गरिरहेको छ । त्यसका लागी उसले संसदमार्फत अनुमोदन गर्न सरकारसंग माग गरिरहेको छ । उक्त परियोजना इण्डो प्यासेफिकमार्फत नै लागु गर्ने अमेरिकी तयारी छ ।
त्यसका लागी हाल संसद सचिवालयमा उक्त प्रस्ताव थन्केर बसेको छ ।

सरकारले हालसम्म वैदेशिक सहयोग मन्त्रिपरिषदमार्फत मात्र लिने गरेको भएपनि एमसिसी परियोजनामा हस्ताक्षर गर्दा सम्बन्धित देशले संसदबाटै अनुमोदन गर्नुपर्ने विषय उल्लेख भएकाले पनि सरकार अफ्ठेरोमा परेको छ । अमेरिकाले उक्त परियोजना संसदबाट अनुमोदन नहुंदासम्म काम नगर्ने अडान लिएको स्रोतको दाबी छ ।

‘सहयोग लिऔं फेरी अरु देशले पनि यही माग गरे के गर्ने भन्ने छ, सहयोग नलिऔं पहिलो पटक यति ठुलो रकम ग्राण्टमा पाइएको छ ।’ सत्तारुढ दलका एक नेताले काठमाडौंपाटीसंग भने । उता,चीनले पनि एमसिसी संसदबाट अनुमोदन भए ‘वान बेल्ड वान रोड’ परियोजना समेत संसदबाट अनुमोदन गरिदिन सरकारलाई कुटनीतिक च्यानलबाट सन्देश प्रवाह गरिसकेको उच्च स्रोतले दावी गर्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement