संसद अवरुद्ध : कांग्रेस र राजपाको हर्कतप्रति शान्ता चौधरी असन्तुष्ट

संसद अवरुद्ध : कांग्रेस र राजपाको हर्कतप्रति शान्ता चौधरी असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले लगातार प्रतिनिधिसभा बैठक अवरोध गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद शान्ता चौधरीले विरोध जनाएकी छन् ।

गत सोमबार र आज(बुधबार) बसेको प्रतिनिधिसभाको संसद बैठकमा कांग्रेस र राजपाका सांसदहरुले रोष्टममा उभिएर सभामुखविरुद्ध नै चर्को नारावाजी गरेपछि नेकपा सांसद चौधरीले विरोध जनाएकी हुन् ।

सांसद चौधरीले संसदीय मर्यादाविरुद्ध बोल्ने कांग्रेस र राजपाका सांसदलाई कारबाही गर्न माग गरेकी छन् । ‘सभामुखलाई नै लक्षित गरेर नाराबाजी गर्न पाइएन नि ! उहाँहरुले संसदीय मर्यादा कायम गर भन्ने अनि आफैं अमर्यादित भएर नारा लगाउने ?’

उनले सभामुखविरुद्ध बोल्ने जो–कोहीलाई कारबाही गर्नुपर्ने बताएकी छन् । ‘जसले संसदमा अमर्यादित ढंगले प्रस्तुत हुन्छ कारबाही त गर्नैपर्छ । हामी पनि कारबाहीको भागेदारी हुन तयार छौं । ताकि भोली कसैले अमर्यादित गतिविधि नगरोस् । अनि सभामुखविरुद्ध त्यसरी बोन्न पाएइन्छ त ? नियमावली बनाउने उहाँहरु । अनि उहाँहरुले नियमावली हेर्नुपर्दैन ?’

अदालतमा विचाराधिन मुद्धाको विषयमा प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएको भन्दै सभामुख कृष्णबहादुर महराले पनि कांग्रेस र राजपाको हर्कतप्रति असन्तुष्ट जनाएका छन् ।