अब नेकपाले २५ वर्षसम्म सरकार चलाउँछ : देवेन्द्र पौडेल

अब नेकपाले २५ वर्षसम्म सरकार चलाउँछ : देवेन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नेकपाले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित तत्कालिन समाजवादी पार्टीका नेताहरु लगायतलाई नेकपा प्रवेश गराउने कार्यक्रममा बोल्दै नेता पौडेलले नेकपाले २५ वर्ष सरकार चलाउने दाबी गरेका हुन् ।

कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन भनेको स्मरण गर्दै नेता पौडेलले भने, ‘५ वर्षका लागि त जनताले मत दिइसके, अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन ।’

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई, गुणाखर बस्याल लगायत पार्टीका नेता तथा कार्यबतालाई कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो । कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपा प्रवेश गरेका छन् ।