नेकपा महाधिवेशन आगामी मंसिर २ गते गर्ने ओली समूहको निर्णय

नेकपा महाधिवेशन आगामी मंसिर २ गते गर्ने ओली समूहको निर्णय


काठमाण्डु– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले नेकपाको महाधिवेशन आगामी वर्ष २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री ओलीले महाधिवेशनको नयाँ मितिको घोषणा गरेका हुन् ।

एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो । तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो । साथै ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाएको छ ।

नयाँ समिति सदस्यलाई आजै अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा सपथ ग्रहण गराएका छन् । ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक आउँदो बिहीबार दिउँसो १ बस्ने समेत निर्णय भएको छ ।