काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद विघटन गरेर गणतन्त्रको हत्या गरेको आरोप लगाएका हुन् ।
‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक साथ प्रतिनिधिसभा विघटन गरिएको छ । त्यतिबेला गणतन्त्र असम्भव छ भन्ने हाम्रा प्रधानमन्त्री गणतन्त्र धरापमा पार्ने कामको पहल गर्नुभयो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको निर्णयलाई अदालत अदालतले बैधानिकता नदिने आशा रहेको पनि बताए । उनले भने, ‘संविधानको मर्म र भावना तथा जनभावना अनुसार प्रतिनिधिसभा विघटन असबैधानिक छ, त्यसलाई सर्बोच्च अदालतले बैधता दिदैन ।’
तर यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको भन्दै प्रचण्डले आफ्नो पार्टी सडकमा आएको र अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा रहेको पनि बताए ।
त्यस्तै उनले गृहमन्त्री रामबहादुर थापा झुक्किएर ओली पक्षमा गएको भन्दै अझैपनि आफ्नो समूहमा फर्किने दावी गरे ।




प्रतिक्रिया