पार्टी होइन, संसद विघटन भएको होः प्रवक्ता ज्ञवाली

पार्टी होइन, संसद विघटन भएको होः प्रवक्ता ज्ञवाली


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी विघटन नभएको बताएका छन् ।

बालुवाटारमा पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता ज्ञवालीले पार्टी विघटन नभई प्रतिनिधिसधा विघटन भएको बताएका हुन् ।

‘प्रतिनिधिसभा विघटन भएको हो, नेकपा विघटन भएको होइन’ प्रवक्ता ज्ञवालीले भने, ‘अझै पनि पार्टी एकै रहेको छ, यो विभाजन भइसकेको छैन ।’

उनका अनुसार विभाजन नभइसकेको पार्टी भएकाले थप केन्द्रीय समिति सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले मनोनीत गरेर महाधिवेशनमा जाने निर्णय भएको छ ।

साथै ओली पक्षले अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठक वैधानिक नहुने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बैठकलाई अवैधानिक भएको ठहर गरेको छ ।

प्रचण्ड–नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यको बैठक बसेर ओलीविरुद्ध अनुशासनको कारवाही गर्ने निर्णय गरेका थिए ।