यसरी पायो नेकपा प्रदेश कमिटीले पूर्णता (नामावलीसहित)

यसरी पायो नेकपा प्रदेश कमिटीले पूर्णता (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ ।

महासचिव बिष्णु पौडेलले सोमबार (१७ मंसिर) अपरान्ह विज्ञप्ती जारी गरी पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले नाम सार्वजनिक गरेका हुन् ।

प्रदेश कमिटीलाई पूर्णता दिने सिलसिलामा पनि पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भागबण्डा गरिएको छ । जस अनुसार २ सय ७ सदस्यीय प्रदेश–१ कमिटीमा पूर्व एमालेबाट १ सय २२ र पूर्व माओवादी केन्द्रबाट ८५ जनाले अवसर पाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भागबण्डा निम्न बमोजिम छ–

प्रदेश–१
जम्मा संख्या–२०७
नेकपा एमाले–१२२
नेकपा माओवादी केन्द्र–८५

प्रदेश–२
जम्मा संख्या–२१५
नेकपा एमाले–१०६
नेकपा माओवादी केन्द्–ख१०६
पार्टी एकतापछि नेकपा प्रवेश गर्ने–३

प्रदेश–३
कमिटीका संख्या–२१७
नेकपा एमाले–११६
नेकपा माओवादी केन्द्र–१०१

गण्डकी प्रदेश
जम्मा संख्य–१ सय ८७
नेकपा एमाले–१०२
नेकपा माओवादी केन्द्र–८५

प्रदेश–५
कमिटी संख्या–२०३
नेकपा एमाले–१०६
नेकपा माओवादी केन्द्र–९७

कर्णाली प्रदेश
कमिटीका संख्या–१७५
नेकपा एमाले–८७
नेकपा माओवादी केन्द्र–८८

सुदुर पश्चिम प्रदेश
जम्मा संख्या–१८३
नेकपा एमाले–१००
नेकपा माओवादी केन्द्र–८३