प्रदेश ५ को राजधानी दाङ बनाउन नेकपाको निर्देशन

प्रदेश ५ को राजधानी दाङ बनाउन नेकपाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङ तोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले यस्तो सहमति गरेको हो ।

लामो समयदेखि प्रदेश ५ को राजधानीको विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । तर, अध्यक्ष ओली र प्रचण्डबीचको छलफलले दाङको भालुवाङलाई प्रदेश राजधानी तोक्ने विषयमा सहमति भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

दुई अध्यक्षले दाङलाई प्रदेश ५ को राजधानी तोक्न प्रदेशका इन्चार्जलाई निर्देशन दिइसकेका छन् । प्रदेश पाँचको इन्चार्ज मुख्यमन्त्री शंखर पोखरेल रहेका छन् । पोखरेलले दाङलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै  लबिङ गर्दै आएका थिए ।

आज बसेको प्रदेश–५ को मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । प्रदेश ५ को नामाकरणमा भने सहमति जुट्न बाँकी रहेको छ ।