नेकपा एसबाट विरोध खतिवडा स्वास्थ्य, रामकुमारी झाँक्री पर्यटनमन्त्री (सूचीसहित)

नेकपा एसबाट विरोध खतिवडा स्वास्थ्य, रामकुमारी झाँक्री पर्यटनमन्त्री (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी टुंग्याएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुन लागेका चार नेताको जिम्मेवारी तोकेको हो । नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाइएको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सचिवालयको बैठकले रामकुमारी झाँक्रीलाई पर्यटन मन्त्रालयमा पठाउने निर्णय छ । विरोध खतिवडालाई स्वास्थ्य  मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा पुगेको समाजवादीले शहरी विकास मन्त्रालयमा प्रेम आलेलाई र श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाएको छ । भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादी पहिलो पटक सरकारमा सामेल हुन लागेको हो । एक राज्यमन्त्री सहित समाजवादीको भागमा ४ मन्त्रालय छन् ।