काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीको विदेश विभागको पहिलो बैठक बसेको छ । विदेश विभागका प्रमुख झलनाथ खनालको अध्यक्षतामा पार्टी कार्यालय वानेश्वरमा बैठक बसेको हो । बैठकले विभिन्न ६ वटा निर्णय गरेको नेता खनालले जानकारी दिए ।
बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ प्रचारप्रसार गर्ने, स्थितिको अवलोकन गर्नेलगायतका काम गर्ने निर्णय गरेको छ ।
साथै विभिन्न देशमा रहेका कम्युनिष्ट पार्टीहरूको बारेमा अध्ययन गर्ने, सम्पर्क गर्ने र सम्बन्ध विस्तार गर्ने,नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा मित्र पार्टीलाई जानकारी गराउने, विदेश विभागको तर्फबाट क्यअष्बष्किm नामक मासिक पत्रिका नियमित प्रकाशन गर्ने निर्णय भएको खनालले जानकारी दिए ।
यस्तै, बैठकले विदेश विभागको सचिवमा विदेश विभाग सदस्यमा डाक्टर शंकर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया