काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने एमसीसीका विषयमा रणनीति तय गर्न आज दिउँसो शीर्ष नेताहरुको अनौपचारिक बैठक बस्न लागेको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको पार्टीका उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ ।
एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको पक्षमा र नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने निर्णय गरिसकेको छ ।




प्रतिक्रिया