एकीकृत समाजवादी एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा सहभागी हुुने

एकीकृत समाजवादी एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा सहभागी हुुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी एमसीसीको सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।

आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफ्नो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ ।

‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भए पनि संसोधन बिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’

उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसदबाटै थप जानकारी दिने योजना बनाइएको नेता खतिवडाले बताए ।