नेकपा एसको सांगठनिक विषयमा सहमति जुट्यो

नेकपा एसको सांगठनिक विषयमा सहमति जुट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीले पाँच सदस्यीय केन्द्रिय कार्यालय गठन गर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी समिति बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा ५ सदस्य केन्द्रिय कार्यालय र ११ सदस्य केन्द्रिय सचिवालय बनाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याबारे भने सहमति समेत जुटाएको छ । त्यस्तै पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरि २५ सदस्य रहने निर्णय गरेको छ ।

त्यसैगरि पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरूमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वासलाई मनोनयन गरिएको हो ।