काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको सिफारिस बमोजिम प्रधानमन्त्री देउवाले आइतबार नेकपा एसका चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन गरेका हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएको जानकारी दिएको छ ।
जसमा जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैन्दा तल छ ।






प्रतिक्रिया