काठमाण्डु – प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।
बुधबार प्रदेश निर्वाचन कार्यालय, विराटनगर एमालेका १० जना प्रदेशसभा सदस्यहरुले नेकपा एसको पक्षमा सनाखत गरेको सांसद राजन राईले जानकारी दिए ।
नेकपा एस रोज्नेहरुमा राजन राई, राजेन्द्र राई, पद्मकुमारी गुरुङ, सरिता थापा, उपेन्द्र घिमिरे, गणेश काङबाङ, सुनिता चौधरी, कृष्णकुमारी राई, खिनु लङ्वा लिम्बु र सावित्री रेग्मी रहेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १० सांसदले एमाले छोडेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।




प्रतिक्रिया