संसदमा एमालेको प्रतिवाद गर्ने नेकपा एसको निर्णय

संसदमा एमालेको प्रतिवाद गर्ने नेकपा एसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेले उठाएका विषयमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेकपा एसको संसदीय दलको बैठकले संसदमा एमालेले १४ जना सांसदको कुरा उठाए प्रतिवाद गर्ने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

‘उनीहरू नै हामी १४ जनालाई निष्कासित गरिपाउँ भनेर सर्वोच्च अदालत गएका छन् । केपी ओलीलाई कानुन विधान संविधान लोकतान्त्रिक संस्कारसँग केही सम्बन्ध छैन । आफ्नो सत्ता गएको उन्माद छ त्यो उन्मादको अभिव्यक्ति हो भनेर विश्लेषण ग¥यौं संसद् चल्न नदिने भन्ने कुरालाई,’ उनले भने, ‘सभामुखको अनुमति लिएर उनीहरूले उठाएका कुराको प्रतिवाद गर्छौं ।’

सांसद खतिवडाले आफूहरुले संसदमा सत्तापक्षमा बसेर भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए । स्थानीय निकायका प्रतिनिधि रोक्नबाट असफल भएको र पार्टी दर्ता गर्न नदिने योजना असफल भएर ओली विछिप्त भएको खतिवडाले बताए ।