नेकपाको सचिवालय बैठक फेरि स्थगित


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको हो ।

पाटीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर विवाद भएको।

त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएकै भोलिपल्ट साउन २८ गतेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो ।

नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन । अध्यक्ष ओली र दाहालले साउनभित्रै एकता टुंग्याउने सार्वजनिकरुपमा दाबी गरेका थिए। तर उनीहरुको विदेश भ्रमणले लामो समय स्थगित बैठक पुनस् बस्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement