ओली र प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

ओली र प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । साउन ४ गतेसम्मका लागि स्थगित गरेको स्थायी कमिटी बैठक अगावै अर्थात शनिबारका लागि सचिवालय बैठक बोलाएको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गत असार १८ गतेदेखि स्थायी कमिटी बैठक स्थगित हुँदै आइरहेको छ । नेताहरुबीच पटकपटक छलफल भए पनि सहमति हुन नसक्दा बैठक स्थगित हुँदै आएको छ ।