नेकपामा जुट्यो सहमति, पुरानालाई नै इन्चार्जको जिम्मेवारी दिइने


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पराना नेतालाई नै जिल्ला इन्चार्जको जिम्मेवारी दिने सहमति भएको छ ।

सोमबार बिहान अध्यक्षद्धय केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालबीच भएको छलफलहरूबाट उक्त सहमित भएको हो ।

सहमति अनुसार ७७ जिल्लाका इन्चार्जमध्ये पूर्व एमालेबाट ६० प्रतिशत र पूर्व माओवादीबाट ४० प्रतिशत रहने गरि जिल्ला इन्चार्ज तोकिने छन् ।

पहिलेकै मापदण्डमा जाँदा अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन् । माधव नेपाल श्रीलंकाबाट २८ गते स्वदेश फर्किनेबित्तिकै इन्चार्ज र सहइन्चार्जको औपचारिक घोषणा गरिने नेकपाले जनाएको छ ।

यही मापदण्डमा जिल्ला अध्यक्ष र सचिव छान्दा ४४ वटा जिल्लामा पूर्वएमाले र ३३ वटा जिल्लामा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिएका थिए ।

इन्चार्ज र सहइन्चार्जको मापदण्डमा नेताहरूबीच कुरा नमिलेपछि नेकपाभित्रको एकता प्रक्रिया अलमलिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement