काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नेकपा एसले आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिए । बैठकले विभिन्न जिल्लामा नेताहरुको जिम्मेवारी तोक्ने उनले बताए ।
नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया