ठेकेदारलाई कारबाही गर्न सांसद यज्ञराज सुनुवारको माग

ठेकेदारलाई कारबाही गर्न सांसद यज्ञराज सुनुवारको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले ओखलढुंगाको जलजलेस्थित मोलुङ खोलाको मान्द्रे दोभानमा बन्न लागेको पुल ठेक्का पाएको ६ वर्षसम्म पनि काम पूरा नगरेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा बोल्दै ठेक्का पाएको ६ वर्षसम्म पनि काम पूरा नगरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट मेयर निर्वाचित भीमप्रसाद साउँदलाई कारवाही गर्न सरकार र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग माग गरेका हुन् ।

सांसद सुनुवारले भने, ‘ओखलढुंगा मोलुखोलाको मान्द्रे दोभानमा ४ करोडको लागतमा बन्न लागेको पुल ६ वर्षसम्म नबन्दा त्यहाँका जनताले ठूलो सास्ती व्यहोर्नुपरेको छ । पुल नबनाउने ठेकेदार नेपाली कांग्रेसका नेता डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमप्रसाद साउँद प्रमुख ठेकेदार भएको हुनाले सरकार र प्रमुख प्रतिपक्षी दलका नेतासँग सहयोग माग्दछु ।’

मेयर साउद देउवा निकट हुन् ।