नेकपा सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ ।

दोलखाबाट निर्वाचित सांसद तथा नेकपाका केन्द्रीय सदस्य गुरुङलाई ज्यान मार्ने मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा पक्राउ पुर्जी जारी भएको हो ।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेपछि सोही मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो । अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement