काठमाण्डु – संसद् अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाका ८३ सांसदले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाका ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगेका थिए ।
तर पत्र भने दर्ता भएको छैन । कारण बुधाबारै बसेको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि पत्र फिर्ता लिने सहमति भएको हो ।
पत्रमा मंगलबार जारी अध्यादेशबारे छलफल गर्न जरुरी भएकाले संसद् अधिवेशन बोलाउन माग गरिएको छ ।





प्रतिक्रिया