नेकपाको संगठन विभागमा तीन जना थपिए, काे-काे परे ?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा तीन जना थपिएका छन् । नेकपाको बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई विभागमा थप गरेको हो ।

यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ । यद्यपि, यसले पूर्णता पाउन अझै बाँकी रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले उपनिर्वाचनको लागि समेत हरेक पदमा ३–३ जनाको नाम पठाउन मातहतको कमिटीलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । जनप्रतिनिधिको निधनको कारण मुलुकमा संघीय संसद प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहसहित ५१ पद रिक्त छ । रिक्त पद पूर्तिको लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement