काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले विधान तयार गरेको छ ।
संगठनको एकता अगाडि बनेको विधान मस्यौदा उपसमितिले संगठनका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह–संयोजक रमेश पौडेललाई विधानको मस्यौदा पेसिडाँडामा हस्तान्तरण गरेको हो ।
युवा संघको केन्द्रिय समितिमा २५१ सदस्यीय रहने प्रस्ताव विधानको मस्यौदामा उल्लेख गरिएको मस्यौदा समितिका सुवोधराज शोर्पालीले बताए । विधानले केन्द्रिय समिति मातहत रहने प्रदेश, जिल्ला र स्थानिय तहका किमिटिहरुको संरचना र संख्या समेत किटान गरेको छ ।
संगठन एकता अघि बनेको विधान मस्यौदा उपसमितिमा सुवोधराज शेर्पाली, नरेश कुमार शाही, ज्ञानेन्द्र बहादुर गुरुङ्ग, वचनबहादुर सिंह र रमेश आचार्य थिए ।




प्रतिक्रिया