नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक बोलायो

नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ताबाट २६ गतेका लागि बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए ।

आजको बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि यसअघि बैठकको मिति तय भए पनि कोरोनाका कारण स्थगित हुँदै आएको छ ।