नेकपाको स्थायी समिती टुंगियो, वरियतामा जनार्दन भन्दा वर्षमान र शक्ति बस्नेत अगाडी


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा १९ जना थपिएका छन् । तत्कालिन माओवादी केन्द्रले स्थायी कमिटीमा पठाउने नेताको टुंगो लगाएको छ । माओवादीबाट नेकपामा अध्यक्ष प्रचण्ड र प्रवक्तामा नारायणकाजी श्रेष्ठ यसअघि नै चयन भइसकेका छन् । स्थायी समितीमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा, देव गुरुङ, टोपबहादुर रायमाझी, शिक्षामन्त्री समेत रहेका गिरिराजमणि पोखरेल, उर्जामन्त्री समेत रहेका वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा र वन तथा वातावरण मन्त्री रहेका शक्ति बस्नेत परेका छन् ।

त्यसैगरी पुर्वमन्त्री जनार्दन शर्मा, उद्योगमन्त्री मात्रिका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवेन्द्र पौडेल, गणेश साह, कृषीमन्त्री समेत रहेका चक्रपाणि खनाल, मणि थापा समेत स्थायी कमिटीमा परेका छन् । नेता लिलामणि पोखरेल स्थायी समितीमा पर्ने लगभग निश्चित छ ।

पुर्व संचारमन्त्री राम कार्की भने स्थायी समितीमा पर्न सकेनन् । स्थायि समितीको वरियताक्रम तल माथी हुने चर्चा चलेपनि यसअघि माइन्युट भएबमोजिम नै वरियता तोकिएको छ । पुर्व उर्जामन्त्री जनार्दन शर्मा वरियतामा ११ औं नम्बरमा परेका छन् । शर्माभन्दा अघि नेताहरु वर्षमान पुन ७ औ नम्बरमा छन् भने शक्ति वस्नेत १० औं नम्बरमा रहेका छन् ।

यस्तो छ वरियता – 

१.प्रचण्ड

२.नारायणकाजी श्रेष्ठ

३.रामबहादुर  थापा

४.देव गुरुङ,

५.टोपबहादुर रायमाझी

६. गिरिराजमणि पोखरेल

७.वर्षमान पुन

८.हरिबोल गजुरेल

९.अग्नि सापकोटा

१०. शक्ति बस्नेत

११. जनार्दन शर्मा

१२.मातृका यादव

१३.पम्फा भुसाल

१४.लेखराज भट्ट

१५.देवेन्द्र पौडेल

१६.गणेश साह

१७.चक्रपाणि खनाल

१८.मणि थापा

१९.लिलामणी पोखरेल

प्रतिक्रिया दिनुहोस
Advertisement