नेकपाको चियापान : मेन्यूमा केरादेखि समोसासम्म


काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान तथा शुभकामना आदान प्रदान शुरु भएको छ । नेपालीहरुको चाडपर्वको अवसर पारेर सदाझै यो वर्ष पनि नेकपाले चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रमलाई निरन्तरता दिएको हो ।

नेकपाको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा के कस्ता खानेकुरा होलान् ? सबैलाई जिज्ञासा छ । चियापान कार्यक्रममा नेकपाले चियाको साथै केरा, निम्की, समोसा र मिठाइको परिकारहरु समेत राखेको छ ।

कार्यक्रम १२ बजेदेखि ५ बजेसम्म निरन्तर चल्ने नेकपाले जनाएको छ । यसका लागि छुट्टा छुट्टै कार्यतालिका समेत नेकपाले बनाएको छ । अहिले कार्यकर्ता पंक्तिलाई चियापानको कार्यक्रम छ भने ३ बजेदेखि ५ बजेसम्म नेता, मन्त्री, उच्च पदस्थ व्यक्तिहरुलाई नेकपाले बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement