कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई एमालेको ध्यानाकर्षण

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई एमालेको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले कोरोना भाइरस संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

आइतबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार र अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तिव्रताका साथ अािगड बढ्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शैयाहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न र अन्य तयारी तिव्रताका साथ अािगड बढ्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ’, बैठकपछि उनले भने ।

साथै बैठकले समग्र पार्टी पंक्तिलाई कोभिड विरुद्धको लडाईमा स्वयंसेवी रुपमा परिचालित हुन पनि आह्वान गरेको छ ।