काठमाण्डु – नेकपा एमालेले थप दुई जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टीका उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् ।
प्रधानमन्त्री अोलीले हस्ताक्षर गरेको पत्रमा स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार रहेको, आपराधिक मनोवृति देखिाएको, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको बाटोमा पार्टीलाई समाहित हुने, पुराना गल्तीलाई स्वीकार गर्नुको साटो उल्टै स्पष्टिकरण सोध्ने काम गरेकाले निलम्बन गरिएको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ समेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु(प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (शंशोधन २०७१ समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’
त्यस्तै प्रधानमन्त्री अोलीले सच्चिनका लागि अन्तिम मौका भएको बताएका छन् । उनले आफ्ना चिार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि लिम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताएका छन् ।
साथै सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविहिरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिनेसमेत उनले उल्लेख गरेका छन् । यसअघि पार्टीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।




प्रतिक्रिया