एमाले स्थायी कमिटी गठन, झलनाथ र माधव हटाइए (सूचीसहित)

एमाले स्थायी कमिटी गठन, झलनाथ र माधव हटाइए (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी कमिटी गठन गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको दसौं महाधिवेशन आयोजक कमिटी बैठकबाट प्रधानमन्त्री अ‍ोलीले स्थायी कमिटी गठन गरेका हुन् ।

माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई सहभागी गराइएको छैन् ।

स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।