एमाले आयोजक कमिटीको बैठक बस्दै, नेपाल समूहमाथि कारबाहीको सम्भावना

एमाले आयोजक कमिटीको बैठक बस्दै, नेपाल समूहमाथि कारबाहीको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता विष्णु रिजालले जानकारी दिए ।

आजको बैठकमा पार्टीका नियमित निर्णय र माधव नेपाल-झलनाथ खनाल समूहमाथि थप कारबाहीको सम्भावना रहेको छ ।

नेपाल–खनाल समूहले बिहीबार बुझाएको स्पष्टिकरण पत्रमा आत्मआलोचना नगरेको र प्रधानमन्त्रीमाथि नै प्रतिप्रश्न गरेकाले थप कारबाही हुनसक्ने एमालेका एक नेताले बताए ।

प्रधानमन्त्री अ‍ोलीले गत सोमबार ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल समूहलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नदिए आजको बैठकले कारबाही गर्ने बताएका थिए ।

सोहीअनुसार मंगलबार नेपाल समूहका ३२ जना सांसदलाई ‘सांसदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोधेका थिए ।