काठमाण्डु – लुम्बिनी प्रदेशमा नेकपा एमालेले शंकर पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा दोहोर्याउने भएको छ ।
नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेलको नेतृत्वमा बहुमतको बनाउने निर्णय गरेको हो ।
आज बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए । पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना छ ।




प्रतिक्रिया