नेकपा एस बाजुराका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

नेकपा एस बाजुराका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चुनावको मुखैमा नेकपा एसका जिलला अध्यक्ष गगन रावलसहित कमिटीका सदस्यहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमालेमा फर्किएका छन् ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । बाजुरामा एमालेबाट प्रतिनिधि सभामा थापा र प्रदेशमा लालवहादुर थापा तथा बलदेव रेगमी उम्मेदवार छन् ।

बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा सबैतिर कांग्रेसले उम्मेदवारी दिएपछि नेकपा एसको जिल्ला कमिटी एमालेतिर लागेको हो ।