विवाद समाधान गर्न नेकपा कर्णालीले डाक्यो संसदीय दलको बैठक

विवाद समाधान गर्न नेकपा कर्णालीले डाक्यो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले विवाद समाधान गर्न संसदीय दलको बैठक बोलाएको छ । दलकी प्रमुख सचेतक सीता नेपालीले कात्तिक ७ गतेका लागि बैठक बोलाएकी हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीको विवाद चर्किएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतकबाट गुलावजंग शाहलाई हटाएर नेपालीलाई नियुक्त गरेका थिए । नेपाली मुख्यमन्त्री निकट मानिन्छिन् ।

प्रदेशको विवाद केन्द्रसम्म आईपुगेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मुख्यमन्त्रीको विवाद तत्काल समाधान गर्न आग्रह गरेका छन् । उनले नेकपाको विधानविरुद्ध उक्त प्रस्ताव आएको भन्दै प्रधानमन्त्रीको ध्यानआकर्षण गराएका हुन् ।