नेकपाले टुंग्यायो विभाग नेतृत्व :स्कुल विभाग प्रमुख बने ईश्वर पोखरेल

नेकपाले टुंग्यायो विभाग नेतृत्व :स्कुल विभाग प्रमुख बने ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले पार्टीका विभिन्न विभागको टुंगो लगाएको छ ।  शुक्रबार बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।

प्रवक्ता श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखमा माधव नेपाल,उपप्रमुख राम कार्की रहेका छन् । लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्। नीति अध्धयन प्रतिष्ठानमा झलनाथ खनाल,संगठन विभाग प्रमुख वामदेव गौतम,स्कूल विभाग प्रमुख ईश्वर पोखरेल,प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पाएका छन् भने। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना प्रमुख बनाइएको छ।