राजनीति

नेकपाको जिल्ला कमिटी पूर्ण, १३५ले गरे शपथ ग्रहण

डोटी । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीका जिल्ला कमिटी सदस्यको आज शपथग्रहण सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज भीम रावलले १३५ जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराएको हो ।

Dish Home

शपथग्रहण गर्नेमा पूर्वएमालेबाट ८१ तथा पूर्वमाओवादी केन्द्रबाट ५४ जिल्ला कमिटी सदस्य छन् । उनीहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमको प्रचारप्रसार गर्नुका साथै कमी–कमजोरीप्रति ध्यानाकर्षण गराउने मुख्य जिम्मेवारी आफूहरुको रहने जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्लले बताए । जिल्ला सदस्यको शपथसँगै डोटीमा नेकपा जिल्ला कमिटी डोटीले पूर्णता पाएको छ । यसअघि जिल्ला अध्यक्षमा पूर्वएमालेबाट चक्रबहादुर मल्ल र सचिवमा पूर्वमाओवादी केन्द्रबाट जङ्गबहादुर विकले जिम्मेवारी पाएर शपथग्रहण भइसकेको छ ।रासस

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top