काठमाडौं – रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खाता खोलेको छ । नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् ।
नेकपाका उम्मेदवार जनकबहादुर बुढा एक सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०९ मत खसेकोमा ९ मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।
थवाङमा १६.४ प्रतिशत मात्र खसेको थिो । १ हजार २७४ मतदाता रहेको १ नम्बर वडामा २ सय ९ मात्र मत खसेको हो । १ सय १२ पुरुष र ९७ महिला मतदाताले मत दिए। पन्चायतदेखि कहिले शून्य मतदान हुने त कहिले शत प्रतिशत मतदान हुने यहाँ यसपटक न्यून मत खसेको हो।




प्रतिक्रिया