नेकपाको स्थायी समिति बैठक २९ गते बस्ने निर्णय

नेकपाको स्थायी समिति बैठक २९ गते बस्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक मंसिर २९ गते बस्ने भएको छ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी समिति बैठक बस्ने मिति तय गरेको हो।

बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। शनिबार बसेको सचिवालयको बैठकले स्थायी समितिको बैठकबारे निर्णय गरेको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गर्न ढिला गरेर अपमान गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले बैठक बहिष्कार गरेका थिए।

बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको थियो। ३ बजेर २० मिनेटसम्म बैठक सुरु नभएपछि नेताहरु बाहिरीएका थिए। महासचिव पौडेलले भने दुई अध्यक्षले छलफल गरिरहकाले बैठक बस्ने केही ढिला भएको जानकारी दिए ।